
यहि बर्ष कोरियाको भिसा आएर उड्न वाँकी कामदार मध्ये ५३ जना कामदारको भिसा रद्ध भएको छ । कोरियाजाने कामदारले प्रक्रिया पूरा नगरी कागजात पेश गरेको कारणले भिसा रद्ध भएको कुरा, ईपिएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोला बताउछन |
In this blog
यहि बर्ष कोरियाको भिसा आएर उड्न वाँकी कामदार मध्ये ५३ जना कामदारको भिसा रद्ध भएको छ । कोरियाजाने कामदारले प्रक्रिया पूरा नगरी कागजात पेश गरेको कारणले भिसा रद्ध भएको कुरा, ईपिएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोला बताउछन |
भिसा रद्ध हुने मुख्य कारणहरु मध्ये, कागजपत्रमा फरक पर्नु, फोटो नमिल्नु पासपोर्ट र आवेदन मा फरक /फरक फोटो हुनु, अपराधिक क्रियाकलापमा संलग्न नभएको प्रमाणपत्रमा फरक पर्नु, परिक्षार्थीले भाषा परीक्षामा अनैतिक काम गरेको फेला पर्नु रहेका छन् । यसरी भिषा रद्ध भएमा फेरी अर्को भाषा परिक्षा उतिर्ण नगरी कोरीया जान पाईदैन बास्तोलाले कामदार लिने कम्पनीनै सरकारी कार्वाहीमा परेपनि भिसा रद्ध हुने बताए ।कोरियाली कम्पनीको कारणले भिसा रद्ध हुनेहरुको पुनः श्रम सम्झौता आउँछ तर व्यक्तिगत कारणले भिसा रद्ध भएकाहरुले भने यो भाषा परिक्षा पास गरेको आधारमा कोरिया जान नपाउने ईपिएस कार्यलयका अधिकृत टेक बहादुर खड्काले बताए ।
जुलाइ २६ देखि नयाँ श्रम सम्झौता आउने
आगामी जुलाइ २६ देखि नेपाली कामदारका लागि ईपिएस कोरियाले नयाँ श्रम सम्झौता पठाउने भएको छ । कम्पनीको कारणले भिसा रद्ध भएका नेपाली कामदारलाई उच्च प्रथामिकतामा राख्दै २०१५ को भाषा परीक्षा उतिर्ण गरी कोरिया जान बाँकी करिव ३५०० कामदार मध्येबाट नयाँ श्रम सम्झौता जारी हुने ईपिएस कार्यालयले जनाएको छ।
भाषा परिक्षाको नतिजा पनि २०१६ को जुलाइ २६ मै
ईपिएस कार्यालयले गत असार ४ र ५ गते लिएको कोरियाली भाषा परिक्षाको नतिजा यही जुलाइ २६ अर्थात साउन ११ गते सार्वजनिक हुनेछ । परीक्षामा ६० हजार ६ सय २६ जनाले परिक्षा आवेदन भरेकोमा ५७ हजार १ सय ५९ जनाले मात्रै परीक्षा दिएका थिए । यो भाषा परीक्षा बाट सन २०१७ का लागि २ हजार १ सय कृषि कामदार र १ हजार औद्योगिक कामदार उतिर्ण हुनेछन् ।
Source: Bizmandu
0 Comments